१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

टन्सिल हुँदा के गर्ने, के नगर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३७:oo

- टन्सिल भएपछि आराम गर्नुपर्छ । किनकि, यस समय थकान र कमजोरी महसुस हुन सक्छ । 
- तातो कुराहरू खानुपर्छ । तातो पानी पिउनुपर्छ । 
- भिडभाड हुने स्थल, जस्तै– स्कुल वा कार्यालय जान हुँदैन । किनकि, तपाईंबाट अरूमा संक्रमण सर्न सक्छ । 
- धूम्रपान र मदिरा सेवन गर्नुहुँदैन । 
- सरसफाइमा ध्यान दिनुपर्छ । 
- धुलोधुवाँबाट बच्नुपर्छ । 
- टन्सिल भइरहन्छ, बल्झिरहन्छ भने नाक, कान, घाँटीरोग विशेषज्ञसँग सम्पर्क गर्र्ने र चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ । 

यस्ता खानेकुराबाट टाढा रहनुस् 
टन्सिल भएका वेला सुक्खा र कडाखाले खाद्यपदार्थ सेवन गर्न गाह्रो पर्छ । यसलाई निल्न गाह्रो हुन्छ र गलामा दुखाइ हुन सक्छ । चिप्स, पकौडा, समोसाजस्ता जंकफुडबाट टाढै बस्नुपर्छ ।

यसले टन्सिलमा दुखाइ थप्न सक्छ । बासी खानेकुरा खानुहुँदैन । दही, चिसो दूध, चिसो पानी, आइसक्रिमलगायत चिसो खाद्यवस्तु नखानुस् । मसालेदार भोजन नगर्नुस् । किनकि, यसले गर्दा गला सुन्निन सक्छ र दुख्छ । गोलभेँडा सेवन नगर्नुस्, किनकि यसमा अक्सालिक एसिडको मात्रा अधिक हुन्छ र यसले टन्सिल दुख्ने समस्या 
हुन सक्छ । 

ad
ad