१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीमा कम उमेरमा गर्भवती हुने संख्या बढ्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:४१:oo

कर्णालीमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ । 

सुरक्षित गर्भपतन मापदण्ड र गलत व्यवहारबारे स्वास्थ्य लाइभ अनलाइन मिडियाले सुर्खेतमा आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत युवती कुनै न कुनै वेला गर्भवती भइरहेको बताइन् । ‘कम उमेरमा गर्भवती हुने युवतीको संख्या सबैभन्दा बढी कर्णालीमा देखिएको छ,’ उनले भनिन्, ‘यसबाट असुरक्षित गर्भपतनको संख्या व्यापक भएको हुने गरेको छ ।’

नेपालमा सुरक्षित गर्भपतन गराउन एक हजार पाँच सय स्वास्थ्य संस्था सूचीकृत रहेको र कर्णालीमा ७० वटा सूचीकृत संस्था रहेको भट्टराईले बताइन् । ‘गत वर्ष चार हजार आठ सय ६० जनाले सुरक्षित रूपमा गर्भपतन गराएका थिए,’ उनले भनिन्, ‘जनचेतनाको अभावले सुरक्षित गर्भपतन सेवाबाट महिला वञ्चित भइरहेका छन् ।’

प्रदेशमा सुरक्षित गर्भपतनबारे एउटा मात्रै तालिम भएको भट्टराईले बताइन् । ‘कर्णालीमा २० वर्षभन्दा कम उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन्,’ उनले भनिन्, ‘प्रदेशमा ५७ प्रतिशत महिलाले असुरक्षित रूपमा गर्भपतन गराउने गरेको छन् ।’

नेपालमा प्रतिवर्ष १२ लाख महिला गर्भवती हुने गरेकामा पाँच लाख ३९ हजार अथवा ४५ प्रतिशत अनिच्छित गर्भवती हुने गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक श्याम लम्सालले जानकारी दिए । ‘त्यसमध्ये एक लाख २८ हजार अनिच्छित जन्म हुन्छ,’ उनले भने, ‘तीन लाख ५१ हजार गर्भपतन हुने गरेको छ । बाँकी ६१ हजार आफैँ खेर जाने गर्छन् ।’

जनचेतनाको अभावले असुरक्षित गर्भपतनको दर बढेको प्राध्यापक लम्सालले बताए । ‘नेपालमा १९ प्रतिशत जन्म अनिच्छित गर्भधारणबाट हुने गरेको छ,’ उनले भने, ‘गर्भपतनका कारण सात प्रतिशत मातृ मृत्युदर हुन्छ । २५ प्रतिशतलाई गर्भपतन सेवाबारे जानकारी छैन ।’ 
 

ad
ad