१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्मरनोफ ब्रान्ड भोड्का नेपालमै उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:२६:oo

 स्मरनोफ ब्रान्डको भोड्का नेपालमै उत्पादन सुरु भएको छ । विश्वको नम्बर १ ब्रान्ड मानिएको स्मिरनोफ भोड्का नेपालको मदिरा उत्पादक नेपाल लिकर प्रालिले बजारमा ल्याएको हो ।

यो भोड्का विराटनगरमा रहेको कारखानाबाट उत्पादन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष राजेशवीरसिंह तुलाधरका अनुसार तीनपटक डिस्टिल गरी १० पटक फिल्टर गरिएको भोड्का बजारमा ल्याइएको कम्पनीले जनाएको छ । 

स्मरनोफ भोड्का ७५०, ३७५ र १८० एमएल गरी तीनवटा भेरियन्टमा उपलब्ध रहेको र मूल्य क्रमशः २२००, ११०० र ५५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर–रेयर ह्विस्की, मिस्टर डोबेलको नम्बर १ लक्जरी ह्विस्की, ब्लु–रिब्यान्ड जिनलगायतका विभिन्न ब्रान्डका मदिराहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

ad
ad