१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
प्रतिकात्मक तस्बिर
Invalid date format १५:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दाङमा इँटाको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५२:oo

दाङमा इँटाको मूल्य बढेको छ। दाङ देउखुरी इँटा व्यवसायी संघले आइतबार विज्ञप्ति जारी गर्दै इँटाको मूल्य बढाएको जानकारी दिएको हो।

कोइला, इन्धन, मजदुर तथा बैंक ब्याजमा वृद्धि भएको भन्दै इँटाको मूल्य बढाइएको संघका अध्यक्ष प्रेमनाथ योगीले बताए।

उनका अनुसार सोमबारदेखि लागू हुने गरी १ नम्बरको इँटाको मूल्य प्रतिगोटा रु. १५ तोकिएको छ। त्यस्तै, २ नम्बर इँटाको प्रतिगोटा १० रुपैयाँ, इँटा खन्जडको प्रतिट्रली १० हजार रुपैयाँ, इँटा टुक्रा प्रतिट्रली ६ हजार तोकिएको छ।