१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार o९:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिग : लुम्बिनीको लगातार दोस्रो जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:५४:oo

नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई रोमाञ्चक तीन रनले पराजित गर्‍यो । जितपछि लुम्बिनी दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ । विराटनगर एक खेलबाट विनाअंक पुछारमा रह्यो । अन्तिम ओभरमा जित निकाल्न विराटनगरलाई १६ रन आवश्यक थियो । क्रिजमा विवेक यादव र कप्तान आन्द्रे म्याकार्थी थिए । १९.१ ओभरमा वेस्ट इन्डिजका म्याकार्थीले चौका प्रहार गरे । विराटनगरले १९.२ ओभरमा रन नै बटुलेन । 

इनिङ्सको १९.३ ओभरमा विराटनगरले एक रन लियो । बलिङमा रहेका पाट ब्रोनले चौथो बलमा ‘वाइड’ फ्याले । ‘वाइड बल’मा यादवले चौका प्रहार गरेपछि विराटनगर जितनजिक पुग्यो । इनिङ्सको १९.५ ओभरमा ब्रोनले दुई रन मात्र दिए । ब्रोनले इनिङ्सकै अन्तिम बलमा ‘डट’ फ्यालेपछि लुम्बिनी तीन रनको रोमाञ्चक जित निकाल्न सफल भयो । 

पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा विराटनगरले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन जोडेको थियो । विराटनगरका हुसेन टलटले सर्वाधिक ३९ रनको योगदान गरे । पाकिस्तानी खेलाडी हुसेनले २४ बलमा तीन चौका र दुई छक्का हिर्काएका थिए । यसैगरी, नेपालका युवा क्रिकेटर रोहितकुमार पौडेलले २५ रन र पृथु बास्कोटाले १८ रन बनाए । 

लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा विराटनगरले ६ विकेटको क्षतिमा एक सय ५४ रन जोडेको थियो । 

विश्व चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा बिकेका जिम्बाबेका सिकन्दर राजाले विराटनगरका लागि १७ रन तथा अविजित विवेक यादवले १२ रन बनाए । विराटनगरका कप्तान म्याकार्थीले ११ रन जोडेका थिए । लुम्बिनीका किशोर महतोले दुई विकेट लिए । प्याट ब्राउन, कप्तान दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र गुल्सन झाले समान एक विकेट लिए ।

लाहिरूको उत्कृष्ट ब्याटिङ
लुम्बिनीले लगातार दोस्रो खेलमा जित निकाल्न श्रीलंकाली खेलाडी लाहिरू मिलान्थाले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ६३ बलमा पाँच चौका र चार छक्का मद्दतमा अविजित ८० रनको योगदान गरे । पहिलो खेलमा श्रीलंकाका २८ वर्षीय विकेटकिपर तथा ब्याट्सम्यान लाहिरूले फार वेस्ट युनाइटेडविरुद्ध ५० बलमा ६० रन बनाएका थिए । उनी लगातार दोस्रो खेलमा प्लेयर अफ दी म्याच घोषित भए । लाहिरूले ४१ बलमा अर्धशतक बनाएका थिए । 

लुम्बिनीको सुरुवात राम्रो भएन । इनिङ्सको १.५ ओभरमा उन्मुक्त चन्द आउट भए । त्यसपछि लहिरूले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । लाहिरूले दीपेन्द्रचन्द ऐरीसँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गर्दैै टोलीलाई १४.५ ओभरमा १०९–३ को स्थितिमा राखे । कुशलले १७ बलमा दुई चौका र एक छक्काको सहयोगमा २६ रन बनाए । कप्तान दीपेन्द्रसिंहले १८ बलमा एक छक्काको सहयोगमा १६ रन जोडे । विपुल शर्माले ११ रन जोडे । विराटनगरका नन्दन यादव, हुसेन टलट, साहब आलम, सिकन्दर राजा तथा आन्द्रे म्याकार्थीले समान एक विकेट लिएका थिए ।

जनकपुर पाँच विकेटले विजयी 
पोखरा एभेन्जर्सले नेपाल टी–२० लिगमा दोस्रो हार व्यहोरेको छ । पोखराले दोस्रो खेलमा जनकपुर रोयल्सको सामना गरेको थियो । जनकपुरले पोखरालाई १४ बलअघि पाँच विकेटले हरायो । 

पोखरा शनिबार भएको उद्घाटन खेलमा काठमाडौं नाइट्ससँग २६ रनले पराजित भएको थियो । दोस्रो हारका बाबजुद पोखरा पाँचौँ स्थानमा छ । विजयी जनकपुर तेस्रो स्थानमा रह्यो । 

त्रिवि खेलमैदानमा पोखराले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याएको जनकपुर १७.४ ओभरमा पाँच विकेट गुमाउँदै विजयी भयो । जनकपुरका सन्दीप जोराले ३० बलमा तीन छक्का र दुई चौका मद्दतमा अविजित रहँदै सर्वाधिक ४० रनको योगदान दिए । ओपनर सागर पुनले ३८ र विकेटकिपर तथा ब्याट्सम्यान वाल्टनले १९ रन जोडेका थिए । पोखराका जाहिर खानले चार ओभरमा ३७ रन खर्चिंदै तीन विकेट लिएका थिए । यसैगरी, कप्तान शरद भेषवाकर र मौसम ढकालले समान एक विकेट लिए । 

आसिफको अर्धशतक
टस हारेर ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रन बनायो । पोखराका आसिफ शेखले सर्वाधिक ५० रनको योगदान गरे । नेपाल राष्ट्रिय टोलीका सदस्य आसिफले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । सिद्धान्त लोहनीले २९, प्रतिश जिसीले २८ तथा अमिर हम्जाले १८ रन जोडे । जनकपुरबाट खेलेका वेस्ट इन्डिजका बलर केस्रिक विलियम्सले तीन विकेट लिए । उनी नै प्लेयर अफ दी म्याच घोषित भए । पवन सर्राफ, सराफुद्दिन अस्राफ र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । 
 

ad
ad