१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १० आइतबार २०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिको संसदीय दलको नेतामा रञ्जिता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १० आइतबार २०:३४:००

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छिन्। 

उक्त दलको काठमाडौंमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ भने प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरिएको छ।

त्यसैगरी, लुम्बिनी प्रदेश सभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ। 

मधेस प्रदेश सभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरिएको छ। नागरिक उन्मुक्ति पार्टीले  आगामी २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।