Skip This
बाबुरामले भने– अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १० आइतबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाबुरामले भने– अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार १६:५५:oo

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाई दिएका छन्। संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि सिफारिस भएकोमा उनले प्रचण्डलाई बधाई दिएका हुन्।

भट्टराईले नेपाली कांग्रेसको अडानमा असन्तुष्टि जनाउँदै कांग्रेस नेतृत्वले सही निर्णय लिन नसकेकाे आशय व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्।’