मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

जसपा, रास्वपा र राप्रपा नेताहरू बालकोटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५३:oo

जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू एमाले अध्यक्ष केपी ओलीसँग छलफलमा जुटेका छन्। सत्तागठबन्धनमा सहमति नजुटेपछि साना दलहरू एमालेसँग छलफलमा जुटेका हुन्।

माओवादी अध्यक्ष प्रचण्ड नपुग्दै जसपाका अशोक राई, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन बालकोट पुगेका छन्। कांग्रेसले पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री दिन नचाहेपछि प्रचण्ड बालुवाटार बैठक छाडेर हिँडेका थिए।

प्रचण्डले बैठक छाडेर हिँडेपछि कांग्रेसले गठबन्धन टुटेको बताएको छ। गठबन्धन टुटेसँगै एमाले र साना दलहरू छलफलमा जुटेका छन्। प्रचण्ड नपुग्दै राई, लामिछाने र लिङ्देन बालकोट पुगेका हुन्।