१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजार र कारोबार रकम दुवै घट्यो

अघिल्लो साताको तुलनामा ४ प्रतिशतले कारोबारमा गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३३:oo

गत साता सेयर बजार १५ दशमलव ३९ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक हजार आठ सय ६७ दशमलव २१ बिन्दुमा बन्द भएको हो । नेप्से सूचक अघिल्लो साताबाट एक हजार नौ सयको मनोवैज्ञानिक तहबाट ओर्लिएर एक हजार आठ सयको बिन्दुमा स्थिर देखिएको छ । 

अघिल्लो साताको तुलनामा एक दशमलव ८१ प्रतिशतले घटेर नेप्से सूचक एक हजार आठ सय ८२ दशमलव ६० अंकमा बन्द भएको थियो । यससाता नेप्से सूचक एक हजार आठ सय ८३ दशमलव ६५ बिन्दुको उच्च बिन्दु र एक हजार आठ सय ४९ दशमलव ४४ को न्यूनतम बिन्दुसम्म पुगेर फर्किएको छ । यसबीचमा नेप्सेले ३४ दशमलव २१ अंकको उत्तारचढाव देखाएको हो ।

सेयर बजारमा आएको उत्तारचढावसँगै कारोबार रकम पनि घटिरहेको छ । अघिल्लो कारोबारको तुलनामा यस साता ४ प्रतिशतले कारोबारमा गिरावट आएको हो । यस साता नेप्से सूचक चार अर्ब ९५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता पाँच अर्ब १६ करोड ६९ लाख रुपैयाँको कारोबार भएको थियो । दैनिक औसत कारोबार करिब एक करोड रुपैयाँ रहेको छ ।

बजारमा देखिएको अस्थिरताले लगानीकर्ता सेयर किनबेच गर्न हतारिएका छैनन् । बजारले देखाएको अस्थिरताले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । बैंकमा देखिएको तरलतामा सुधार आउन सकेको छैन । बैंकबाट पाउने मार्जिन कर्जा पर्याप्त पाउन नसकेको ब्रोकरहरू बताउँछन् । अर्कोतर्फ बेच्न चाहने लगानीकर्ता यतिवेला मूल्य निकै तल्लो तहमा भएकाले पनि बेच्न हतारिएका छैनन् । नयाँ सरकार बन्ने र राजनीतिमा आउने परिवर्तनसँगै अर्थतन्त्र सुधारका नीतिहरू पनि ल्याउने अपेक्षा लगानीकर्ताले राखेका छन् । जसले आगामी दिनमा पुँजी बजार ‘बाउन्स ब्याक’ हुने अपेक्षा लगानीकर्ताको छ । अर्कोतर्फ लाभांशको समय पनि चलिरहेको हुँदा राम्रो लाभांश प्रस्ताव गरेका कम्पनीको सेयर मूल्य बढ्ने अपेक्षा लगानीकर्ताले राखेका छन् ।

रकमका हिसाबले साताभरिमा सबैभन्दा धेरै कमाउने कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले दुई सय ५५ रुपैयाँ नाफा कमाएको छ । आइतबार संस्थाको सेयर मूल्य चार सय ५८ दशमलव ५० थियो भने बिहीबारसम्म आइपुग्दा सात सय १४ दशमलव ४० मा आइपुगेको छ । त्यसैगरी, यस साता सबैभन्दा धेरै नोक्सान व्यहोर्ने कम्पनीमा पिपुल्स पावर कम्पनी रहेको छ । कम्पनीले साताभरिमा ४४ रुपैयाँ गुमाएको छ । कम्पनीको दुई सय ४३ रुपैयाँबाट घटेर एक सय ९९ रुपैयाँमा झरेको छ ।

ad
ad