मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
२०७९ पौष ९ शनिबार १६:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बिहारको इँटाभट्टामा विस्फोट, मालिकसहित नौजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ पौष ९ शनिबार १६:१८:००

पूर्वीभारतको बिहार राज्यस्थित इँटाभट्टामा विस्फोट हुँदा भट्टाका मालिकसहित नौजना मजदुरको मृत्यु भएको छ। उक्त घटनामा अन्य आठजना घाइते भएका छन्। 

स्थानीय अधिकारीका अनुसार बिहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो। घाइतेको रक्साैलको निजी अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटको जानकारी प्राप्त हुनेबित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ।

राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन्। विस्फोटको कारण सार्वजनिक गरिएको छैन। सम्बद्ध निकायले अनुसन्धान थालेको छ। 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।