मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १४ आइतबार
  • Sunday, 01 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ९ शनिबार १२:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेखाका झन्डै ४ सय कर्मचारीको एकैचोटी सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ९ शनिबार १२:४९:००

लेखा समूहका झन्डै चार सय कर्मचारीको एकैचोटी सरुवा भएको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो।

कार्यालयका उपसचिव रविन  कोइरालाका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृतको सरुवा भएको छ।  त्यस्तै, २२५ लेखापालको पनि सँगै सरुवा गरिएको छ।

निर्वाचन आचारसंहिताले रोकेकामा फुकुवा भएसँगै एकैपटक ठूलो संख्यामा सरुवा गरिएको हो। यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सरुवाको तयारी गरिरहेको छ।