१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारमा पनि कांग्रेसले पाउने हिस्साको ४०% चाहिन्छ : इतर समूह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:४४:oo

कांग्रेसको इतर समूहले शक्ति बाँडफाँडमा पार्टीले पाउने पदहरूमा आफ्नो समूहको ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । १४औँ महाधिवेशनको मतअनुसार ४० प्रतिशत वा न्यायोचित अवसर दिनुपर्ने इतर समूहका नेता गुरुराज घिमिरेले बताए ।

उनले संसदीय दलको निर्वाचन प्राविधिक मात्रै रहेकाले शक्ति बाँडफाँड र सरकारमा जाने अवस्थामा महाधिवेशनको मर्म शिरोपर गर्नुपर्ने बताए । ‘पहिले पनि उचित प्रतिनिधित्व भएन । सभापतिले पार्टी एकलौटी नै चलाइरहनुभएको अवस्था छ । अब पनि सरकारमा प्रतिस्पर्धी समूहको न्यायोचित प्रतिनिधित्व भएन भने कांग्रेसलाई उँभो लाउँदैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘उहाँले उपयुक्त र न्यायोचित प्रतिनिधित्व गराउनुपर्छ । संसदीय दलको निर्वाचन कांग्रेसभित्रको र प्राविधिक मात्रै हो । महाधिवेशनको मतअनुसार ४० प्रतिशत सहभागिता गराउनुपर्छ ।’

इतर समूहका नेता चन्द्र भण्डारीले भने अहिले सरकारमा जाने विषय छलफलमै रहेकाले इतर समूहले त्यस्तो कुनै अडान राखिनसकेको बताए । उनले पार्टीबाट उपयुक्त पात्रले उपयुक्त जिम्मेवारी भने पाउनुपर्ने पक्षमा आफूहरू सधैँ रहेको बताए । ‘सरकार गठनका लागि अहिले नै सहमति भइसकेको छैन, छलफलमा नै छौँ । यो अवस्थामा पार्टीमा आपसमा धेरै किचकिच गर्नु उपयुक्त हुँदैन । सही मान्छे सही ठाउँमा होस् भन्ने हो,’ उनले भने ।

ad
ad