Skip This
मुलुकको अभिभावक बनेर काम गर्छु : ज्येष्ठ सदस्य जबरा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुलुकको अभिभावक बनेर काम गर्छु : ज्येष्ठ सदस्य जबरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:११:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन्। बुधबार सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपतिनिवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए। 

त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखको भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए। 

उनले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकालाई निष्पक्ष राख्ने बताए। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरूबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि बताए। उनले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरूपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिबद्धता जनाए। 

ज्येष्ठ सदस्य सभामुख जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताए। राप्रपाका पूर्वअध्यक्षसमेत रहेका ८१ वर्षीय जबरा प्रतिनिधिसभामा सबैभन्दा बढी उमेरको सांसद हुन्।
 
उनी गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित संघीय सांसद हुन्। संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नेछन्।