Skip This
विश्व च्याम्पियन खेलाडीलाई अर्जेन्टिनामा भव्य स्वागत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Tuesday, 13 May, 2025
विश्व च्याम्पियन टोलीलाई स्वागत गर्न राजधानी ब्युनर्स आयर्सको सडकमा ओर्लिएका अर्जेन्टिनी
ब्युनर्स आयर्स
२o७९ पौष ६ बुधबार o६:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व च्याम्पियन खेलाडीलाई अर्जेन्टिनामा भव्य स्वागत

Read Time : > 1 मिनेट
ब्युनर्स आयर्स
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार o६:१६:oo

अर्जेन्टिनी समर्थकहरूले यो क्षणको प्रतीक्षा ३६ वर्ष गर्नुपर्‍यो । यो क्षणलाई उनीहरू कसरी मनाउने वा कुन रूपमा भाव व्यक्त गर्ने भनी सोच्न भ्याएनन् । सन् १९८६ पछि विश्व च्याम्पियन बनेका अर्जेन्टिनी खेलाडी घरमा फर्कंदा भव्यताका साथ स्वागत गर्ने र खुसी मनाउने योजनाको तयारीमा समर्थक लागेका थिए । अर्जेन्टिनाले विश्व च्याम्पियन बनेको खुसी मनाएको क्षण ३६ वर्षअगाडि थियो । त्यो पनि डिएगो म्याराडोनाले अर्जेन्टिनालाई दोस्रोपटक विश्वकप ट्रफी दिलाउँदा थियो । 

कप्तान लियोनल मेसी सोमबार राति राजधानी ब्युनर्स आयर्समा ट्रफीसहित पुग्दा अकल्पनीय स्वागत भयो । गत आइतबार राति दोहाको लुसेल रंगशालामा साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकप विजेता बनेको हो । 

दोहाबाट विशेष हवाईजहाजमा सवार अर्जेन्टिनी खेलाडीहरूको नेतृत्व मेसीले गरेका थिए । उनले विश्वकप ट्रफी हातमा लिँदै हवाईजहाजको भर्‍याङबाट ओर्लंदा उपस्थित हजारौँ दर्शकको आँखाबाट खुसीको आँसु झरेको थियो । अर्जेन्टिनी सरकारले पनि मंगलबार विजयोत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरेको थियो । सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई हराउँदै दोस्रोपटक विश्वकप उपाधि उचालेको थियो ।

त्यसवेला म्याराडोना अर्जेन्टिनी समर्थकहरूको नजरमा हिरो बनेका थिए । यसपालि भने म्याराडोनाकै उत्तराधिकारीका रूपमा हेरिएका मेसी नायक भएका छन् । साढे तीन दशकपछि विश्व च्याम्पियन बनेपछि अर्जेन्टिनी समर्थक मात्र नभएर समग्र खेलाडी नै खुसी छन् । ‘स्वागत छ, ३६ वर्षपछि हामीलाई विश्व च्याम्पियन बनाएका खेलाडीहरूलाई,’ विमानस्थलमा जम्मा भएका समर्थकहरूले भनेका थिए, ‘जितको खुसीयाली हामी आउँदा दिनमा मनाइरहनेछौँ ।’ 

मेसीको चाहना विश्व च्याम्पियन जर्सीबाट खेल्ने

मेसीले कतार विश्वकपको फाइनलको अघिल्लो दिन फ्रान्सविरुद्धको उपाधि भिडन्त नै अन्तिमपटक राष्ट्रिय टोली खेल्ने घोषणा गरेका थिए । त्यसको अर्थ थियो, मेसीले फाइनल खेलसँगै अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने र क्लबस्तरीयलाई निरन्तरता दिने । लुसेल रंगशालामा अर्जेन्टिना विश्वकप च्याम्पियन भएपछि मेसीले सन्न्यास लिने अनुमान थियो । तर, उनले तत्काल यो योजना नरहेको स्पष्ट पारेका थिए । 

विश्व च्याम्पियन बनेर घर फर्कंदा मेसीले आफ्नो योजना परिवर्तन गरेका छन् । अब मेसीलाई विश्व च्याम्पियन खेलाडीका रूपमा अर्जेन्टिनी जर्सीमा खेल्न मन छ । स्थानीय पत्रकारलाई मेसीले भने, ‘अब तत्काल सन्न्यास लिने पक्षमा छैन, विश्व च्याम्पियन भएको जर्सीबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने इच्छा छ ।’ आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउने लक्ष्य पूरा भएको उनले बताए । ‘मेरै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप ट्रफी जित्ने लक्ष्य पूरा भएको छ,’ मेसीले भने, ‘अब विश्व च्याम्पियन खेलाडीका रूपमा खेल्न बाँकी छ ।’