Skip This
स्थायित्व र रुपान्तरणका लागि गगनलाई अघि सारेका हौँ : शेखर कोइराला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थायित्व र रुपान्तरणका लागि गगनलाई अघि सारेका हौँ : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रुपान्तरणका लागि महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्। मंगलबार थापाको संसदीय दलको नेताको प्रस्तावकका रूपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेर उनले यस्तो बताएका हुन्।

‘गगन थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौँ,’ उनले भने, ‘आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनहर हेर्दै जानुपर्छ। त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ।’

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन्।