१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस अबुजा
Invalid date format १५:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, अबुजा
नयाँ पत्रिका
Invalid date format १५:५५:oo

नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले हैजाबाट कम्तीमा पनि ५१ जनाको ज्यान गएको जानकारी गराएका छन्।

उनीहरूका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ। यसअघि आइतबारसम्म यहाँ २० जनाको ज्यान गएको बताइएको थियो। नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप देखिएको समाचारमा जनाइएको छ। ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका छन्।

उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको अधिकारीहरूको भनाइ छ। हैजा फैलिएको पाइएको १० वटा गाउँमा नाइजेरियाली सरकारले यहाँका अनुसन्धान थालेको जनाएको छ। यहाँका ती गाउँमा मात्र सयौँ मानिस बिरामी भई अस्पताल भर्ना भएका छन्।
 
सरकारले यी क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाइका कामलाई अघि बढाएको जनाएको छ। साथै गाउँलेलाई सरसफाइसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ। यहाँका घना बस्तीहरूमा खानेपानी, सरसफाइ तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा नाइजेरियामा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ।