१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ पौष ५ मंगलबार १५:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निकुञ्ज क्षेत्रबाट दुई जरायोसहित पाँच सिकारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १५:३९:oo

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तु सिकार गरिरहेको अवस्थामा पाँच सिकारी पक्राउ परेका  छन्। निकुञ्जको विशेष गस्ती टोलीले गएराति उनीहरूलाई जमुनिया खोलाबाट दुई मृत जरायो र हातहतियारसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी– १ का विशाल सहनी, झापसदास थारू र नवराज बस्नेत, काभ्रेपलाञ्चाेकका दामोदर अधिकारी र ठेगाना नखुलेका मालदोङ तामाङ रहेका छन्। बन्दुक पड्किएको आवाज सुनेपछि पछ्याउँदै जाँदा निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले जमुनिया खोलाबाट नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।

सिकारी समूहले निकुञ्जको गस्ती टोली देखेपछि गोली प्रहार गरेको थियो। गस्ती टोलीले तस्कर समूहको  गाडीको  टायरमा गोली हानी उनीहरूलाई रोकेको थियो। तस्कर समूहको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, १२ बोरको बन्दुक र त्यसमा लाग्ने गोली, दुई लाख ९० हजार नगद, नाइटभिजन बाइनाकुलर, आइफोन– १४ प्रो म्याक्स मोबाइलसहित अन्य पाँच थान मोबाइलसमेत बरामद भएको छ।

गस्ती टोलीले उनीहरूले प्रयोग गरेको बा.५च ७८०५ नम्बरको ल्यान्डक्रुजर गाडी र प्रदेश २–०३–००१ च ३०९७ नम्बर बलेरो पिकअप पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचैजनालाई निकुञ्जको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी खड्काले बताए।