Skip This
चार वर्षपछि फ्रान्स थप शक्तिशाली बन्ने एम्बाप्पेको विश्वास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ५ मंगलबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चार वर्षपछि फ्रान्स थप शक्तिशाली बन्ने एम्बाप्पेको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १o:१५:oo

विश्वकपका गोल्डेन बुट विजेता तथा फाइनलका ह्याट्रिककर्ता केलियन एम्बाप्पे चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका छन् ।

विश्वकपको ९२ वर्षको इतिहासको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका एम्बाप्पेले सोमबार पेरिस पुगेपछि स्थानीय पत्रकारसँग कुराकानी गर्दै सन् २०२६ को विश्वकप फुटबलमा फ्रान्सले उपाधि दाबेदारी दिने जनाएका हुन् ।

‘हामी सबै यति विश्वस्त छौँ, चार वर्षपछि फ्रान्स फेरि लयमा प्रतिस्पर्धा गर्नेछ, उपाधि जित्ने लक्ष्य पूरा गर्छौं,’ उनले भने । विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेको क्षणमा एम्बाप्पे त्यति खुसी देखिएनन् ।

लगातार दोस्रोपटक विश्वकप उपाधि जित्ने अभियानको नजिक पुगेको फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो ।

ad
ad
ad
ad