१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ पौष ४ सोमबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वर्गीय बुबाआमाको नाममा मन्दिर पुनर्निर्माण र अक्षय कोष स्थापना

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ पौष ४ सोमबार ११:३१:००

संखुवासभाको चैनपुर नगरपालिकामा स्वर्गीय आमाबुबाको नाममा छोराछोरीले मन्दिर पुनर्निर्माण तथा अक्षय कोष स्थापना गरेका छन्। स्वर्गीय सूर्यलाल-सूर्यलक्ष्मी श्रेष्ठका छोराछोरीले आइतबार एक कार्यक्रमबीच चैनपुर– ३ स्थित धार्मिक शक्तिपीठ सिद्धकाली मन्दिरपरिसरमा गणेश मन्दिर पुनर्निर्माण गरेका हुन्।

आफ्ना बुबाआमाले सिद्धकाली मन्दिरपरिसरमा स्थापना गरेको गणेश मन्दिर जीर्ण बनेपछि छोराहरू केशव, उत्तम र पुरुषोत्तम तथा छोरीहरू गंगा र गीताले संयुक्त रूपमा ५० लाख रुपैयाँभन्दा बढी खर्चिएर मन्दिर पुनर्निर्माण गरी मन्दिर संरक्षण संवर्द्धन समितिलाई हस्तान्तरण गरेका हुन्।

०५६ मा स्व. सूर्यलाल र उनकी धर्मपत्नी सूर्यलक्ष्मीले सिद्धकाली मन्दिरपरिसरमा व्यक्तिगत लगानीमा गणेश मन्दिर स्थापना गरेका थिए। मन्दिर जीर्ण बनेपछि श्रेष्ठ परिवारले सो मन्दिरको संरक्षण, संवर्द्धन, सरसफाइ र पूजा व्यवस्थापनका लागि तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँको सूर्यलाल–सूर्यलक्ष्मी अक्षयकोषसमेत स्थापना गरेका छन्।

सो कोषको वार्षिक ब्याजको ७५ प्रतिशत रकम गणेश मन्दिरको संरक्षण, सरसफाइ र वार्षिक विशेष पूजाको लागि खर्च गर्ने र २५ प्रतिशत वार्षिक ब्याज मूल अक्षय कोषमा गाभेर अक्षय कोष बढाउँदै लैजाने सहमति भएको मन्दिर संरक्षण संवर्द्धन समितिका सचिव पदम अधिकारीले बताए।