१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनिद्राका कारण र समाधानका उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:४३:oo

स्वस्थ रहन कम्तीमा आठ घन्टा निदाउन जरुरी छ । तर, विभिन्न कारणले मानिसको निद्रा बिग्रिरहेको हुन्छ । एक्कासि आइपरेको मानसिक तनाव, क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन, आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि अनिद्रा हुन्छ ।

लागुपदार्थको सेवनले पनि यस्तो समस्या निम्त्याउन सक्छ । कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने र मोबाइलको प्रयोग धेरै गर्ने बानीले पनि निद्रा बिग्रन्छ । बेडमा बसेर टिभी हेर्ने, बेडमै मोबाइल चलाउने, बेडमै बसेर पढ्ने बानीले पनि निद्रा लाग्दैन । कतिपय मानिसलाई बाहिरी कोलाहलका कारण पनि निद्रा लाग्दैन । 

कसरी बच्ने ?
- बिहान समयमै उठ्ने बानी बसाल्नुपर्छ । 
-  दैनिक शारीरिक व्यायाम गर्ने ।
-  स्वस्थ खानेकुरा र जीवनशैली अपनाउने ।
-  सकेसम्म धेरै चिल्लो पदार्थ भएको खानेकुरा नखाने । 
-  कम र स्वस्थकर खाना खाने बानी बसाल्ने ।
-  बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्ने । दिउँसो सकेसम्म नसुत्ने ।
-  लागुपदार्थको सेवन नगर्ने ।
-  तनाव व्यवस्थापन गर्न प्रयास गर्ने ।
-  खानपिन र दैनिक क्रियाकलापको मुख्य रोल हुन्छ । त्यसैले मानिसलाई राम्रो निद्रा पाउनका लागि दिनचर्यालाई पनि सहज बनाउनुपर्छ ।

ad
ad