१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदन र सरकार गठन प्रक्रिया समयमै पूरा गर्नू : प्रदेश प्रमुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको बैठक सञ्चालन गर्न र सरकार गठन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। निर्वाचन अयोगले शनिबार बुझाएको बागमती प्रदेशको निर्वाचन विवरण बुझ्दै प्रमुख शर्माले यस्तो निर्देशन दिएका हुन्।

आज शनिबार निर्वाचन कार्यलयका तर्फबाट निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख शर्मा समक्ष पेस गरेका थिए।

उक्त अवसरमा बोल्दै प्रदेश प्रमुख शर्माले प्रदेश सभा सचिवालयले केहि दिन भित्रै बागमती प्रदेश सभाको बैठक बस्ने वातावरण मिलाउँने विश्वास व्यक्त गर्दै यससँगै सरकार गठकनको प्रकृयाले गति लिने विश्वास व्यक्त गरे।

‘निर्वाचन आयोगले आफ्नो दायित्व पूरा गरेको छ। यससँगै बागमती प्रदेशमा प्रदेशसभा संसद र सरकार निर्माणको बाटो खुलेको छ। अब प्रदेस सभा सचिवालयले तत्काल सदन बोलाएर संवैधानिक व्यवस्था अनुसार सांसदहरुको सपथ ग्रहण लगाएतका काम पुरा गर्नपर्छ,’ उनले भने।

संसद बालाउने, सांसदहरुको सपथ ग्रहण, सभामुख तथा उपसभामुखको निर्वाचन तथा सपथ ग्रहण लगायतका प्रक्रियाहरु सहज र स्वतन्त्र ढंगबाट सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले जनताको अपेक्षा पूरा गर्न प्रदेश सभाको नयाँ संसद सफल हुने बताए।