Skip This
नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना गर्न बालेनको प्रस्ताव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना गर्न बालेनको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन्।

ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मेयर साहले सो प्रस्ताव अघि सारेका हुन्। यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला–एक्लैले गर्न नसक्ने भएकाले दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको भनाइ थियो।

‘नेवाः सभ्यताभित्र धेरै पक्षहरु छन्। सम्पूर्णलाई मान्छेले पढुन्। हाम्रा पुस्तान्तरण गर्न पाऔं। अब आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ,’ उनले भने।

मेयर साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र वागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे। प्राचिन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न लागेको उनले जानकारी दिए।