Skip This
प्रकाशमान सिंह भन्छन्– जनताको काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रकाशमान सिंह भन्छन्– जनताको काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्। काठमाडौंको शंखमूलमा शनिबार मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘म जनप्रतिनिधि हुँ। पदमा जाउँला–नजाउँला। तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु,’ नेता सिंहले भने। प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्नसक्ने आत्मविश्वास आफूमा रहेपनि चाहना गर्दैमा प्रधानमन्त्री बन्न सहज नभएको सिंहको भनाइ थियो।

‘यो (प्रधानमन्त्री) त तपाईंहरुले मात्रै चाहेर पनि हुँदैन। मैले मात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसले निर्भर गर्छ,’ उनले भने। नेता सिंहले आफू मन्त्री भए काठमाडौं १ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठूलो पद भएको बताए।