१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घरेलु हिंसाको मुद्दामा प्रहरी–प्रशासन संवेदनशील भएन : मधेशी आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिंसाको मुद्दामा प्रहरी–प्रशासन संवेदनशील नभएको बताएका छन्। ओरेक नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अध्यक्ष डा.दत्तले प्रहरी हुनुपर्ने जति संवेदनशील नभएको टिप्पणी गरेका हुन्।

नेहा चौधरीको घटनामा प्रहरी–प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउन आन्दोलन गर्ने अवस्था नआउने उनको भनाइ छ। अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त हुनेबित्तिकै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिन पछी सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारे।

नेहाको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरुपयोग भएको बताउँदै आयोगबाट छिट्टै एउटा टोली स्थलगत अनुसन्धान गर्न पठाउने तयारी भएको जानकारी दिए।