१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ पौष १ शुक्रबार १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्ती गाउँपालिकामा अनलाइनबाटै डाक्टरको परामर्श

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार १२:o६:oo

दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीले डाक्टरको परामर्श पाउने भएका छन्। राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नम्बर १ मा रहेको प्रस्तावित भालुवाङ अस्पतालबाट उक्त सेवा सुरु भएको हो।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको इसिजी गरी सो कार्यक्रमको शुभारम्भ गरेका हुन्। योसँगै देउखुरी क्षेत्रका विपन्न मुटु रोगका बिरामीले यी स्वास्थ्य संस्थाबाट विशेषज्ञ स्वास्थ्य  सेवा लिन पाउनेछन्। 

‘देउखुरी क्षेत्रमा अब मुटुरोगीलाई सहज भएको छ,’ बन्जाडेले भने, ‘बिरामीलाई मध्यनजर गरी हामीले यो सेवा सुरु गरेका हौँ।’ त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यो सेवाले नागरिकलाई धेरै सहज हुने भन्दै यो कार्य सकारात्मक भएको बताए। विकासको एउटा आधार स्वास्थ्यको विकास नै रहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले बताए। 

राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम सुरु भएको हो।