Skip This
बिहारमा विषाक्त मदिरा सेवनबाट २२ को मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर २९ बिहीबार १४:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बिहारमा विषाक्त मदिरा सेवनबाट २२ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १४:३o:oo

बिहार राज्यको सारण जिल्लाका तीनवटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।

राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवं बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। 

महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्री–वितरणविरुद्ध अभियान चलाएपछि बिहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन्। 

कानुनी रूपमा मदिरा बिक्री गरेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिइएको छ। सारण जिल्ला राज्यको राजधानी पटनाबाट करिब ६० किलोमिटर उत्तरमा अवस्थित छ। 

अवैध रूपमा बनाइएको मदिरा सेवनबाट हुने मृत्युलाई भारतमा सामान्य  मानिन्छ।  अवैध रूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलगायत रसायन प्रयोग गरिन्छ। यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ। कर छलेर अवैध तरिकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ। 

यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने ६० जना बिरामी भएका थिए। 

गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ। सन् २०२० मा भारतको उत्तरी पञ्जाव राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए।