१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:५o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लियोनल मेसीको घोषणा–राष्ट्रिय टोलीबाट कतार विश्वकप फाइनल नै मेरो अन्तिम खेल हो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५o:oo

अर्जेन्टिनी कप्तान लियोनल मेसीले कतार विश्वकप करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका छन् । मेसीले चालू विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँगै बराबरी गरेका छन् । मेसीको यो पाँचौँ विश्वकप संस्करण हो । मेसीले आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल विश्वकप फाइनलसँगै टुंग्याउन पाउँदा ज्यादै खुसी लागेको बताएका छन् । 

‘यति वेला म निकै खुसी छु, मेरो अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्य विश्वकप फाइनलसँगै हुनेछ,’ क्रोएसियाविरुद्धको सेमिफाइनलपछि मेसीले आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब विश्वकपको फाइनल खेल नै मेरो करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ, वास्तवमा योभन्दा ठूलो उपलब्धि अरू केही पनि हुनेछैन ।’ विश्वकपमा धेरै भावनात्मक सम्बन्ध रहेको र अर्जेन्टिनी टोलीको जर्सीबाट प्रतिस्पर्धा गर्न अवसर पाउँदा खुसी लागेको उनको भनाइ छ ।

‘यही विश्वकपबाट म अर्जेन्टिनी टोलीमा बिताएका सबै भावनात्मक सम्बन्ध समाप्त गर्न चाहन्छु, योभन्दा राम्रो अवसर अब आउनेछैन,’ मेसीले भने, ‘यस वर्षजस्तो खुसी अरू समयमा पाइनँ, अब यस्तो सफलता फेरि प्राप्त गर्न सक्छु जस्तो लाग्दैन, यसै कारण म आफ्नो अन्तर्राष्ट्रिय करिअर उत्कृष्ट रूपमा समाप्त गर्न चाहन्छु ।’ 

चार वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजनामा विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्दै छन् । सन् २०२६ को विश्वकपमा आफू फिट हुने वा नहुने पक्ष द्विविधा रहेको उनको भनाइ छ । ‘चार वर्षपछिको अवस्था कस्तो हुनेछ, कसैलाई पनि थाहा छैन,’ मेसीको भनाइ छ, ‘त्यो समयसम्म म आफूलाई फिट राख्न सक्छु कि सक्दिन भन्ने प्रश्न छ ।’ 

२०१६ मा पनि सन्न्यास घोषणा
गर्विलो फुटबल करिअरमा मेसीले कीर्तिमानी रूपमा सातपटक बालोन डिअर उपाधि जितेका छन् । फिफाको उत्कृष्ट खेलाडीमा उनकै एकाधिकार छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पाँचपटक बालोन डिअर उपाधि जितेका छन् । मेसीले क्लबस्तरीय लेभलमा चारपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका छन् । यसैगरी, स्पेनिस ला लिगामा उनले ११ पटक उपाधि हात पारे । उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि
जितेको थियो । 

सन् २०१४ को विश्वकपमा मेसी पहिलोपटक उपाधिनजिक पुगेका थिए । ब्राजिलमा आयोजना भएको विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भयो । मेसीले अर्जेन्टिनालाई सन् १९८६ पछि विश्व च्याम्पियन बनाउन कडा मिहिनेत गर्ने जनाए । सन् २०१६ मा मेसीले सन्न्यासको घोषणा गरेका थिए । तर, केही समयपछि सन्न्यास फिर्ता लिए ।