१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस काठमाडौं
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ : महन्थ ठाकुर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्तागठबन्धनमै रहने भएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याएका छन्।

लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्तागठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उनले राष्ट्रिय समाचार समितिलाई बताएका छन्।  ‘सत्तामा गए पनि, नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ। सत्तामा सहभागी हुनु ठूलो कुरा होइन। कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले  स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ,’ अध्यक्ष ठाकुरले भने।

जुनसुकै सरकार बने पनि राजनीतिक स्थिरता र मुलुकको समग्र आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ। अध्यक्ष ठाकुरले सत्तागठबन्धनमा सहभागी हुनेलगायत समसामयिक विषयमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी हुने पनि बताएका छन्।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले सत्तागठबन्धनमा सहभागी हुनेबारे पार्टीका शीर्ष नेताहरूको बैठकले निर्णय गरिसकेको बताए। उनले भने, ‘हिजो हामी निर्वाचनमा पनि गठबन्धन गरेर गएका थियौँ, अहिले निर्वाचनपछि पनि स्वाभाविक रूपमा सत्तागठबन्धनमा रहन्छौँ । नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहन्छ।’

सत्तागठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको छिट्टै कार्यकारिणी समितिको बैठक बोलाइएको पनि नेता भण्डारीले जानकारी दिए। लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ। लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ।