१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २७ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २७ मंगलबार १२:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २७ मंगलबार १२:३४:oo

सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डेटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, क्युआर पेमेन्टलगायत फिचर प्रयोग गर्दा कुनै शुल्क लाग्नेछैन।

सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजिनेस भोलाबहादुर विष्ट र टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका हुन्। विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिबमोजिम यो सम्झौता गरेको बैंकले जनाएको छ।

पुस १ देखि लागू हुने यो सम्झौताबाट सिभिल बैंकका साढे चार लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता प्रत्यक्ष लाभान्वित हुने बैंकका चिफ बिजिनेस विष्टले बताए।