१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकपपछि नेमारको प्रश्न : ‘हामी कति संगठित भएर खेल्यौँ ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:१८:oo

विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले टोलीको प्रदर्शनबारे खुलासा गरेका छन् । नेमारले सोमबार सोसल मिडियामा ब्राजिल कति उपाधिप्रति केन्द्रित र संगठित रूपमा थियो भन्ने प्रश्न गरेका छन् । क्रोएसियासँग पेनाल्टी सुटमा स्तब्ध भएपछि नेमारले आइतबार हार स्वीकार गर्न नसकेको प्रतिक्रिया दिएका थिए । ‘पेनाल्टी सुटआउटमा पराजित भएपछि त्यसबाट म उठ्न सकिनँ,’ नेमारले भने । 

सोमबार नेमार आक्रामक रूपमा प्रस्तुत भएका छन् । ब्राजिलियनले सबैको भावनाविपरीत प्रदर्शन गरेको नेमारले जनाए । ‘वास्तवमा सबैले भनिरहेका थिए, ब्राजिलले कतारमा छैटौँपटक विश्वकप जित्नेछ, तर वास्तवमा ब्राजिलले उपाधि जित्ने किसिमको प्रदर्शन गरेको थियो ? साथै, हामीले विश्वकपमा कति संगठित र एकताबद्ध रूपमा प्रतिस्पर्धा गर्‍यौँ,’ नेमारले प्रश्न गरेका छन् ।

विश्वकपको नतिजाले आफू मानसिक रूपमा माथि उठ्न नसकेको उनको भनाइ छ । ‘त्यो नतिजापछि म मानसिक रूपमा बलियो हुन सकिनँ, यसबाट मुक्त हुन समय लाग्छ,’ उनले भने । क्रोएसियासँग पराजित भएलगत्तै केही ब्राजिलियन मिडियाले ब्राजिलले विश्वकपमा एकताका साथ प्रदर्शन नगरेको समाचार सम्प्रेषण गरेका थिए । 

मिडियाको समाचारलाई हल्का रूपमा लिइएको थियो । तर, ब्राजिलकै एक मुख्य खेलाडी नेमारले नै खेलाडीहरूको एकतामा प्रश्न उठाएपछि टोलीमा अगाडिदेखि नै समस्या भएको स्पष्ट भएको छ । क्रोएसियाविरुद्धको पेनाल्टीमा नेमारलाई पाँचौँ प्रहार गर्ने लिस्टमा राखिएको थियो । निवर्तमान प्रशिक्षक टिटेले पनि नेमारको पेनाल्टी स्थान टिमकै निर्णय भएको जनाएका थिए । यद्यपि, यो निर्णयबाट नेमार खुसी नरहेका देखिन्छन् । ३० वर्षीय नेमारले भेट्रान डिफेन्डर थियागो सिल्भालाई ट्याग गरी लेखेका छन्, ‘यहाँसम्मको समर्थनमा धन्यवाद छ, सिल्भाप्रति सम्मान छ ।’ 

ad
ad