१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ जेठ ५ शनिबार २३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पशुपति शिक्षा मन्दिरलाई आधुनिक भवन हस्तान्तरण

रोटरी क्लब अफ काठमाडौं मिडटाउनको सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २३:२१:oo

फेनहरा, सुस्ता गाउँपालिका ३ स्थित श्री पशुपति शिक्षा मन्दिरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्ब्ली सेड तथा तीन शौचालयसहितको सुविधा सम्पन्न आधुनिक विद्यालय सोमबार भवन विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको हो । 

नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्राटक्लाड, ग्लास्गो, स्कटल्यान्डको एकलाख पाउन्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमान्डौं मिडटाउनले निर्माण गरेको हो । 

वातावरण मैत्री ईंटा मात्र प्रयोग गरिएको सो भवन निर्माणको जिम्मा कम्युनिटी इम्प्याक्ट नेपालले लिएको थियो भने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिले संस्थागत सामाजिक दायित्वअन्तर्गत आयोजनामा लजिस्टिक सपोर्ट गरेको थियो ।

नयाँ विद्यालय भवनको साँचो रोटरी क्लब अफ काठमाडौं मिडटाउनका पूर्वअध्यक्ष अजय स्थापितले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमचन्द्र चौधरीलाई हस्तान्तरण गरे । 

उदघाटन कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं मिडटाउनका अध्यक्ष निर्मलप्रसाद रिजाल, सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरी, पशुपति शिक्षा प्रचार समितिका केन्द्रीय गुठियार सत्यदेव पाण्डे, कम्युनिटि इम्प्याक्ट नेपालका अध्यक्ष राजेश चौधरीलगायत उपस्थित थिए । 

कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले विद्यार्थीहरूलाई स्कूल ब्यागलगायत शैक्षिक सामग्री पनि वितरण गरेको थियो ।

बाढी तथा हावाहुरीले विद्यालयको पुरानो भवन जीर्ण भई पठनपाठनमा कठिनाई भइरहेका वेला नयाँ भवन पाएपछि विद्यार्थी तथा शिक्षकशिक्षिका खुसी भएका छन् । 

ad
ad