१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१२:oo

नयाँ सरकार गठनलगायतका विषयमा छलफल 

एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार साँझ ओलीनिवास बालकोटमा भेट भएको हो । दुई नेताबीच करिब दुई घन्टा वार्ता भएको थियो ।

ओलीको निमन्त्रणामा केसी बालकोट पुगेका थिए । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ । त्यस्तै, नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले जानकारी दिए। 

भेटमा जनजीविकाका सवालमा उठेका आवाज सामूहिक रूपमा समाधान गर्ने पनि दुई नेताले प्रतिबद्धता जनाएका थिए । यसको साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ । भेटमा चुच्चे नक्साअनुसारको भूगोल नेपालको हुनुपर्ने भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुने विषयमा छलफल भएको  थियो । 

भ्रष्टाचारविरुद्ध एक भई लड्ने प्रतिबद्धतासमेत दुई नेताले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो ।

ad
ad