१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस सिन्धुपाल्चोक
२o८१ बैशाख २२ शनिबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

Read Time : < 1 मिनेट
रासस, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३o:oo

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत आइतबार मेलम्चीको ईन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।

विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले बालबालिका एवं युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनमा कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको राष्ट्र बैंकका उपनिर्देशक डा. भागवत आचार्यले बताए।

यस वर्ष चार ठाँउमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ। यसअन्तर्गत सिन्धुपाल्चोक अघि नुवाकोटमा कार्यक्रम सम्पन्न भएको आचार्यले बताए। आजको कार्यक्रममा करिब १५० जना सहभागी थिए। आचार्यले वित्तीय कारोबारसम्बन्धी ज्ञान नै वित्तीय चेतना रहेको जनाउँदै यसले मानव जीवनको लागि अपरिहार्य वित्तीय साधन र वित्तीय कारोबारसम्बन्धी चेतना दिन सहयोग पुर्याउने बताए।

बालबालिकामा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल ध्येय यस कार्यक्रमले राखेको हुँदा यसलाई निरन्तरता दिँदै आइएको राष्ट्र बैंकका सहायक निर्देशक प्रीतिका लामाले बताइन्। वित्तीय चेतना अभिवृद्धि कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक एवं स्थानीयस्तरमा सम्बन्धित सबै लाभान्वित हुने ईन्द्रेश्वरी माविका विद्यार्थी सुष्मा खड्काले बताइन्।

वित्तीय चेतना अभिवृद्धिका लागि विद्यार्थीमार्फत समाजमा सचेतना फैलाउन सजिलो हुने विद्यालयका शिक्षक लेखनाथ भट्टराईले बताए।

ad
ad