Skip This
चितवनमा गुन्जिँदै ‘नेपथ्य’  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
भरतपुर महानगरकी मेयर रेनु दाहाल नेपथ्यलाई स्वागत गर्दै
Invalid date format १४:२५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चितवनमा गुन्जिँदै ‘नेपथ्य’  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

नारायणगढको क्याम्पा चौरमा आइतबार नेपथ्यको लाइभ कन्सर्ट हुँदै छ। मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ देशका विभिन्न सहरमा नेपथ्यको मानवताका लागि संगीतिक यात्रा भइरहेको छ। सोही यात्राअन्तर्गत हेटौँडाको कार्यक्रम सकेर मुख्य गायक अमृत गुरुङसहितको टोली चितवन आइपुगेको हो।

बेलुकी ४ बजे सुरु हुने कन्सर्टको टिकट लगभग बिक्री भइसकेको कन्सर्टका संयोजक ओमकार कँडेलले बताए। देशभरका प्रमुख १० सहरमा हुने कार्यक्रम चितवनको चौथो हो। यसअघि मंसिर १६ गते विराटनगर, १९ गते वीरगन्ज र २२ गते हेटौँडामा सम्पन्न भइसकेको छ। तीनवटै कार्यक्रममा पाँच हजारभन्दा बढी दर्शक सहभागी थिए। चितवनमा ६ हजार दर्शक उपस्थित गराउने आयोजकको लक्ष्य छ।

यसपछि मंसिर २९ गते नेपालगन्जको रंगशालामा, पुस ३ गते धनगढी रंगशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानविज्ञान मावि सेक्टर २ (रामनगर) मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिनेछ। 

अन्तिम कार्यक्रम अंग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यु इयर इभ’को दिन पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।