१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रतिनिधिसभामा तीन दम्पती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:३९:oo

प्रतिनिधिसभामा तीन जोडी दम्पती देखिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भइसकेका छन् । उनकी पत्नी आरजु राणा समानुपातिकबाट सांसद बन्ने पक्का भएको छ । कांग्रेस केन्द्रीय सदस्य रहेकी आरजु खस–आर्य महिला समूहमा एक नम्बरमा सिफारिस भएकी छिन् । पार्टीले पाउने ३२ सांसदका लागि उनीसहितको नाम कांग्रेसले शनिबार निर्वाचन आयोगमा बुझाएको छ । 

एमाले सचिव रघुवीर महासेठदम्पती पनि प्रत्यक्षबाट निर्वाचित भएको छ । यो दम्पतीले सत्तागठबन्धनलाई पराजित गर्दै धनुषाका दुई क्षेत्रबाट जित निकालेको थियो । महासेठले धनुषा ४ र उनकी पत्नी जुलीकुमारी महतो धनुषा ३ बाट निर्वाचित भएकी थिइन् । जुली पनि एमाले केन्द्रीय सदस्य हुन् । महासेठले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई र जुलीले लोसपाका नेता अनिल झालाई पराजित गरेकी थिइन् ।

यस्तै, जसपाका वरिष्ठ नेता अशोक राईदम्पतीलाई पनि संंसद्मा देखिनेछ । राई सुनसरी १ बाट निर्वाचित भएका थिए । समानुपातिकतर्फ पार्टीले पाएका पाँच सिटमध्ये उनकी पत्नी सुशीला श्रेष्ठको नाम पनि सांसदका लागि जसपाले आयोगमा बुझाएको छ ।

ad
ad