१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
कमलराज भट्ट काठमाडाैं
Invalid date format o६:५o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दलहरूले समानुपातिकमा क–कसलाई पठाए ?

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५o:oo

प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० सदस्यको नाम दलहरूले निर्वाचन आयोगमा बुझाएका छन्, आयोगले छानबिन गरी निर्वाचित भएको घोषणा गर्ने

आफ्नो भागमा परेको सिटअनुसार दलहरूले समानुपातिकतर्फबाट सांसद बन्नेहरूको सूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले नाम बुझाउन शनिबार अपराह्न ४ बजेसम्मको समय तोकेको थियो । तर, आन्तरिक विवादका कारण कांग्रेसले आइतबार बिहान करिब सवा १ बजे मात्रै नाम बुझाएको छ । यद्यपि, नागरिकता बोकेर कांग्रेसका केही प्रतिनिधि भने साँझदेखि नै आयोग कार्यालयमा बसिरहेका थिए । अन्य दलहरूले भने समयमै सूची बुझाएका छन् । 

समानुपातिक समावेशी सिद्धान्तअनुसारका क्लस्टर मिलाएर दलहरूले नाम नदिएको अवस्थामा आयोगले नाम सच्याउन आइतबार र सोमबार गरीदुई दिनको समय दिने कार्यतालिका छ । त्यसका लागि आयोगले आइतबार नै दलहरूलाई पत्राचार गर्ने आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए । २९ मंसिरमा राष्ट्रपति कार्यालयमा निर्वाचनको प्रतिवेदन नै बुझाउने आयोगको तयारी छ । 

‘दलहरूले पाएको सिट संख्याका आधारमा बन्दसूचीबाट क्लस्टरअनुसार नाम छनोट गरेर आयोगमा पठाएका छन् । ती नामउपर आयोगले छानबिन गरेपछि मात्रै प्रमाणित गरेर अन्तिम रूप दिइनेछ । तर, कुनै दलको नाममा त्रुटि पाइएमा या क्लस्टर मिचेर महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व नभएको अवस्थामा आयोगले दलहरूलाई सच्याएर ल्याउन दुई दिनको समय दिएर आइतबार नै चिठी लेख्छौँ,’ सहायक निर्वाचन अधिकृत भट्टराईले भने, ‘सच्याएर आएपछि समानुपातिक समावेशी सिद्धान्तअनुसार नाम प्रमाणित गरेर सांसदहरू निर्वाचित गर्छौँ । यो सबै कार्य चार दिनभित्रै सकेर राष्ट्रपति कार्यालयलाई २९ मंसिरमा प्रतिवेदन बुझाउने हाम्रो तयारी छ ।’

एमालेले मधेशमा क्लस्टर र क्रम मिच्यो

एमालेले मधेस प्रदेशमा पनि प्राथमिकता क्रम मिचेर सूची बुझाएको छ । मधेसको मुस्लिम महिला क्लस्टरको एक नम्बरमा रहेकी जैनब खातुनको नाम पठाउनुपर्नेमाएमालेले प्रभु साहनिकट रहेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरेर दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनको नाम पठाएको छ । तर, बन्दसूचीमा राखिसकेपछि निर्वाचित नभएसम्म हेरफेर गर्न नपाउने कानुनी व्यवस्था छ । एमालेले जैनबकै नाम राखेर सच्याएर ल्याउनुपर्ने आयोगको भनाइछ । समानुपातिक सांसद निर्वाचित भइसकेपछि पनि दलले अनुशासनको कारबाही गरेर सभामुखमार्फत निर्वाचन आयोगमा बुझाएपछि पद रिक्त हुन्छ ।

कांग्रेसले पनि मधेशमा क्लस्टर मिलाएको छैन् । रेखा कुमारी ठाकुरको नाम तल पारिएको आयोगको भनाई छ । त्यस्तै, माओवादीले बागमती प्रदेशमा अल्पसंख्यकतर्फएक सिट पाएको छ । तर, दुईजनाको नाम आयोगमा बुझाएको छ । त्यस्तै, लुम्बिनीमा खस–आर्यको क्लस्टर नमिलेको अयोगले जनाएको छ । 

सात सिट पाएको जसपाले १० जनाको नाम पठायो
त्यस्तै, जसपाले मधेस प्रदेशमा सात सिट पाएको छ, तर आयोगमा नाम भने १० जनाकोपठाएको छ । सिटभन्दा बढी नाम दिएर त्रुटि भएको आयोगको भनाइ छ । जसपा नेताहरूका अनुसार मधेसको नाम छनोटमा विवाद भएकाले सिटभन्दा बढी नाम दिइएकोहो ।

नागरिक उन्मुक्तिले क्लस्टर र क्रम संख्या मिचेर नाम बुझायो
नागरिक उन्मुक्ति पार्टीले क्लस्टरअनुसार नाम सिफारिस गरेको छैन भने कुनै प्रदेशमा क्रम संख्या पनि मिचेको छ । लुम्बिनीमा खस–आर्यबाट नाम दिनुपर्नेमा थारूबाट दिएको छ । प्रदेश १ मा क्रम संख्या मिचेर नाम दिएको आयोगले जनाएको छ । नागरिक उन्मुक्तिले सुदूरपश्चिममा महिला संख्या नपुर्‍याएको र समावेशी समूह पनि नमिलाएको आयोगले जनाएको छ ।

२९ मंसिरमा राष्ट्रपति कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी छ : यज्ञप्रसाद भट्टराई सहायक निर्वाचन अधिकृत निर्वाचन आयोग
दलहरूले पाएको सिट संख्याका आधारमा बन्दसूचीबाट क्लस्टरअनुसार नाम छनोट गरेर आयोगमा पठाएका छन् । ती नामउपर आयोगले छानबिन गरेपछि मात्रै प्रमाणित गरेर अन्तिम रूप दिइनेछ ।

तर, कुनै दलको नाममा त्रुटि पाइएमा या क्लस्टर मिचेर महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व नभएको अवस्थामा आयोगले दलहरूलाई सच्याएर ल्याउन दुई दिनको समय दिएर आइतबार नै चिठी लेख्छौँ ।

सच्याएर आएपछि समानुपातिक समावेशी सिद्धान्तअनुसार नाम प्रमाणित गरेर सांसदहरू निर्वाचत गर्छौँ । यो सबै कार्य चार दिनभित्रै सकेर राष्ट्रपति कार्यालयलाई २९ मंसिरमा प्रतिवेदन बुझाउने हाम्रो तयारी छ ।

*क्षमायाचनासहित भूलसुधार
(नयाँ पत्रिकामा आज प्रकाशित ‘दलहरूले समानुपातिकमा कसकसलाई पठाए’ शीर्षकको समाचारमा बागमती प्रदेशमा कांग्रेस र एमालेको सूचीमा एउटै नाम परेकाले क्षमायाचनासहित सच्याइएको छ । -सम्पादक)