Skip This
समानुपातिक सांसद छान्ने निर्णय सभापतिलाई दिने विषयमा नेता केसीको असन्तुष्टि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २४ शनिबार
  • Tuesday, 13 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

समानुपातिक सांसद छान्ने निर्णय सभापतिलाई दिने विषयमा नेता केसीको असन्तुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २४ शनिबार १६:४२:oo

नेपाली कांग्रेसका नेता तथा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले समानुपातिक सांसदहरू पार्टी सभापतिले टुंगो लगाउने विषयमा असन्तुष्टि जनाएका छन्।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरूको टुंगो लगाउने जिम्मा दिएको छ। नेता केसीले पार्टी सभापतिलाई मात्रै सांसद चयन गर्ने जिम्मा दिनु नहुने प्रतिक्रिया दिएका छन्।

पार्टी सभापतिलाई यस्तो विषय जिम्मा दिँदा जस, अपजस आउने भन्दै नेता केसीले केन्द्रीय कार्यसमिति वा सम्पूर्ण पदाधिकारीको सामूहिक प्रयासबाट सांसदको टुंगो लाग्नुपर्नेमा जोड दिए। पदाधिकारीहरूको छलफलबाट नै समानुपातिक सांसदहरू चयन हुनुपर्ने र पदाधिकारीहरूको सामूहिक निर्णय हुनुपर्ने उनको भनाइ छ।

‘सभापतिले पदाधिकारी र अन्य साथीहरूसँग परामर्श गरेर अन्तिम नामावली टुंगो लगाउने निर्णय भएको छ। जस–अपजस आउने कुरा सभापतिलाई दिनुभन्दा छलफलबाट नै टुंगो लाग्नुपर्ने वा पदाधिकारीहरूसँग बसेर सामूहिक निर्णय होस् भन्ने चाहना हो। व्यक्ति केन्द्रित रूपबाट गरिँदा जस, अपजस आउँछ। सबै पदाधिकारी बसेर निर्णय हुनुपर्छ,’ उनले भने।