Skip This
कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा पार्टी सभापतिलाई
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २४ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २४ शनिबार १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा पार्टी सभापतिलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २४ शनिबार १६:o४:oo

नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसदहरूको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक सांसदहरूको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताए। उनले वरीयता क्रम सुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकतालाई ध्यानमा राखेर नै सांसदहरू चयन हुने स्पष्ट पारे।

महिलाको एकतिहाइ संख्या पुर्याइसकेपछि पुरुषतर्फ पनि आवश्यक्ताअनुसार सांसदहरू चयन गर्ने उनको भनाइ छ। प्रवक्ता महतले पार्टी सभापतिले पार्टीका पदाधिकारीहरूसँग थप छलफल गरेर मात्रै समानुपातिक सूचीको अन्तिम टुंगो लागाउने उल्लेख गरे।