१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोबारे थप विवाद नगर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:२७:oo

एक दशकमा पोर्चुगललाई विश्व फुटबललाई एक शक्तिशाली राष्ट्र बनाएका क्रिस्टियानो रोनाल्डोले कतार विश्वकप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलको दोस्रो हाफमा मात्र मैदानभित्र छिर्ने अवसर पाए । प्रशिक्षक फर्नान्डो सान्तोषले उनलाई बेन्चमा राखी जोखिम उठाए ।

पोर्चुगलको जितमा नायक बन्ने रोनाल्डोलाई बेन्चमा राख्दा प्रशिक्षक सान्तोषले आलोचना सामना गरिरहेका छन् । धेरैले रोनाल्डोको योगदानको कदर प्रशिक्षक सान्तोषले नगरेको आरोप लगाएका छन् । पोर्चुगलको फुटबल इतिहासमै एक इतिहास लेखेका खेलाडीको अपमान गरेको दाबी आलोचकहरूले गरेका छन् । 

तर, खेलको रणनीतिअनुसार रोनाल्डोलाई बेन्चमा राख्नुपरेको प्रशिक्षक सान्तोषको भनाइ छ । उनले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नुअघि रोनाल्डोको सम्बन्धमा थप टिप्पणी नगर्न आग्रह गरेका छन् । क्वार्टरफाइनलअघि आयोजना भएको पत्रकार सम्मेलनमा प्रशिक्षक सान्तोषले रोनाल्डोसँगको सम्बन्ध राम्रो रहेको जनाए । 

‘रोनाल्डोको विषयमा धेरै चर्चा गर्नु आवश्यक छैन, मलाई राष्ट्रिय टोली छाड्छु भनेका छैनन्,’ सान्तोषले भने, ‘अहिले पोर्चुगलको क्याम्पमा नचाहिँदो विवाद भइरहेको जुन अनावश्यक हो ।’ प्रशिक्षक सान्तोषले प्रि–क्वार्टरफाइनलमा रोनाल्डोले बेन्चमा बस्न स्वीकार गरेको समेत जानकारी दिए । ‘हामीबीच छलफल भएको थियो, रोनाल्डो मेरो निर्णयप्रति सकारात्मक नै थिए, उनले केही विरोध जनाएनन्,’ सान्तोषले भने, ‘मैले रोनाल्डोलाई खेलको रणनीति सुनाएँ, उनले सहजै निर्णय स्विकारे ।’

सेमिफाइनल प्रवेशमा पोर्चुगलले शनिबार मोरक्कोको सामना गर्दै छ । सान्तोषले मोरक्को बलियो प्रतिद्वन्द्वीका रूपमा लिएका छन् । उनी भन्छन्, ‘मोरक्को पक्कै सहज प्रतिद्वन्द्वी होइन, अफ्रिकन महादेशकै एक बलियो टोली हो ।’ मोरक्कोका खेलाडी युरोपियन लिगमा आबद्ध हुँद पोर्चुगललाई क्वार्टरफाइनलमा समस्या पार्न सक्ने उनले विश्लेषण गरेका छन् । ‘पोर्चुगलको खेल र खेलाडीबारे मोरक्कोलाई थाहा छ, आत्मविश्वासका साथ खेल्नुपर्छ,’ उनले भने । 
 

ad
ad