१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सञ्चालकहरूबाटै खतरामा न्यायिक निकाय : वरिष्ठ अधिवक्ता कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायिक निकायहरू यसका सञ्चालकबाटै खतरामा परेका टिप्पणी गरेका छन्। चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवासम्बन्धी रिटको बहसका क्रममा उनले यस्तो बताएका हुन्। 

न्यायिक निकायहरू प्रमुखहरूबाटै खतरामा परकाले अहिलेसम्म बनेका संविधानहरू असफल भएको तर्क छ। प्रधानन्यायाधीश बनाइएका जबराले नै न्यायिक संरचना बिगार्न चाहेको कार्कीको आरोप छ।

‘कार्यबाहक घरमा बस्ने, निलम्बित सरकारी निवासमा बस्ने। यस्तो संसारमा कतै छ श्रीमान् ?’ उनले भने, ‘जसलाई समाजले प्रधानन्यायाधीशसम्म पुर्‍यायो उसैले इन्स्टिच्युसन बनाउन होइन, बिगार्न चाहेको छ।’

संसद्को एउटा कर्मचारीले नै निर्लज्जतापूर्वक खिल्ली उडाएको उनले बताए। निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा जारी छ।