१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o८:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अर्जेन्टिनासँग बदला लिने नेदरल्यान्ड्सको योजना

सन् २०१४ को सेमिफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:१८:oo

 लुइस भान गालको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्स र लियोनल स्कोलानीको अर्जेन्टिना सेमिफाइनल प्रवेशका लागि लुसेल आइकोनिक रंगशालामा प्रतिस्पर्धा गर्दै छन् । युरोपियन र दक्षिण अमेरिकी टोलीबीचको क्वार्टरफाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

नेदरल्यान्ड्सले प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ३–१ ले हराएको थियो । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अस्टे«लियालाई २–१ ले पराजित गर्‍यो । युवा अट्याकर कोडी गाक्पोले अग्रपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्दा नेदरल्यान्ड्सले आफ्नो अपराजित यात्रालाई अगाडि बढाउने योजना बनाएको छ । 

सन् २०१४ को उपविजेता अर्जेन्टिना सन् २०१४ को संस्करणमा अन्तिम १६ बाट बाहिरियो । सन् १९९८ देखि अर्जेन्टिना नकआउट चरणमा युरोपेली राष्ट्रकै सिकार भएको छ । नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको पछिल्लो भेट सन् २०१४ विश्वकप हो । अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हरायो । नेदरल्यान्ड्स यही हारको बदला लिन चाहन्छ । 

सन् २००६ मा भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । हालसम्म नौ खेल हुँदा अर्जेन्टिना तीन र नेदरल्यान्ड्स चार खेलमा विजयी भएका छन् । दुई खेल नतिजाविहीन छ । मेम्पिस डिपाए र डेले ब्लाइन्डले डच टोलीका लागि राम्रो गरिरहेका छन् । रक्षापंक्तिमा कप्तान भर्जिल भान डाइकसँगै नाथन छन् ।

नेदरल्यान्ड्सले पछिल्लो पाँचमध्ये चार संस्करणमा अन्तिम आठ खेलेको थियो । सन् २००६ मा अन्तिम १६ र सन् २०१० मा सेमिफाइनल पुगेको नेदरल्यान्ड्स सन् २०१८ को विश्वकपमा छनोट नै भएन । सन् २०१० मा उपविजेता बनेको नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ । अट्याकिङ खेलसँगै नेदरल्यान्ड्सले युरोपमा तहल्का पिटिरहेको छ । कप्तान लियोनल मेसी एक हजार खेलसँगै उच्च लयमा छन् । सातपटक बालोन डिअर विजेता मेसी पहिलोपटक विश्व च्याम्पियन बन्ने दौडमा छन् । 

अघिल्लो चारपटकको विश्वकपमा उनले नकआउट चरणमा गोल गर्न सकेनन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर मेसीलाई म्यानचेस्टर सिटीका जुलियन अल्भारेजले अग्रपंक्तिमा साथ दिनेछन् । यसैगरी, एन्जेलो डी मारिया, रोड्रिगो डी पाउल, एलेक्सिस क्याक एलिस्टर र एन्जो फर्नान्डेजले मध्यभागमा सहयोग गर्नेछन् । रक्षापंक्तिमा मार्काेस अकुना, निकोलास ओटामेन्डीसँगै लिसान्द्रो मार्टिनेज र क्रिस्टिअन रोमेरो हुनेछन् ।

 युरोपेली राष्ट्रसँग ब्राजिल सचेत
 क्रोएसियाविरुद्ध एजुकेसन सिटी रंगशालमा ब्राजिलको एउटै लक्ष्य हुनेछ । कीर्तिमानी रूपमा छैटौँपटक च्याम्पियन बन्ने यात्रालाई निरन्तरता दिनु नै ब्राजिलको लक्ष्य हो । शुक्रबारबाट कतार फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल खेल सुरु हुँदै छ । ब्राजिल र क्रोएसियाले क्वार्टरफाइनलमा एकआपसमा प्रतिस्पर्धा गर्दै छन् । साबिक उपविजेता क्रोएसिया ब्राजिलको चुनौती सामना गर्न तयार छ । क्रोएसियाले अन्तिम १६ को खेलमा जापानलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो । निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि क्रोएसियाले पेनाल्टी सुटमा जापानलाई हरायो । 

विश्वकप इतिहासमा सन् २०१८ र सन् १९९८ को संस्करणबाहेक क्रोएसियाको प्रदर्शन राम्रो छैन । गत संस्करणमा उपविजेता बनेको क्रोएसिया सन् १९९८ मा तेस्रो भएको थियो । पछिल्लो पाँच नकआउट खेलमा चार खेल अतिरिक्त समयमा धकेलिएको छ । सन् २०१८ मा फ्रान्सलाई ४–२ ले नतिजा गुमाउनु नै ९० मिनेटमा निस्किएको नतिजा थियो । लुका मोड्रिकको कप्तानीमा क्रोएसिया पछिल्लो १० खेलमा अपराजित छ । 

सन् २०२० युरोकप च्याम्पियनसिपपछि २० मध्ये दुई खेलमा मात्रै क्रोएसिया पराजित भएको छ । फिफा वरीयताको पहिलो स्थानमा रहेको ब्राजिलको चुनौती सामना गर्न क्रोएसियालाई चुनौती हुनेछ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिल क्रोएसियालाई हराउँदै सन् २०१४ पछि अन्तिम चार स्थान सुरक्षित गर्ने दाउमा छ । प्रशिक्षक टिटेले आफ्नो आक्रामक खेललाई अझै प्रभावशाली बनाउने योजना बनाएका छन् ।

स्ट्राइकर नेमार टोलीमा फर्किनु ब्राजिलका लागि सुखद पक्ष हो । युवा स्ट्राइकर रिचार्लिसनले प्रतियोगितामा तीन गोल गर्दै आफूलाई प्रमाणित गरिसकेका छन् । पछिल्ला चारमध्ये तीन संस्करणको क्वार्टरफाइनलबाट ब्राजिल बाहिरियो । सन् २००२ मा जर्मनीलाई २–० ले पराजित गरेपछि ब्राजिलले पछिल्ला पाँच नकआउटमा युरोपियन राष्ट्रसँग जित निकाल्न सकेको छैन । ब्राजिल सन् २००६ मा फ्रान्स, २०१० मा नेदरल्यान्ड्स र २०१८ मा बेल्जियमसँग पराजित भएको थियो । 

ब्राजिल क्रोएसियाविरुद्ध पछिल्लो चार भेटमा अपराजित छ । सन् २०१८ मा ब्राजिल २–० ले विजयी भएको थियो । क्रोएसियाले बोर्न सोसा र जोसिप स्टानिसिस चोटपछि गुमाउनेछ । बोर्ना बारिसिक लेफ्ट ब्याकमा निस्कनेछन् । लुका मोड्रिक, मार्सेलो ब्रोजोभिक, माटेओ कोभासिकबाट क्रोएसिया ठूलो आशा गर्दछ । थिअगो सिल्भाको कप्तानीमा रहेको ब्राजिलले ग्राबियल जेसुस र एलेक्स टेलसलाई चोटका कारण गुमाउनेछ ।  

ad
ad