१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:१o:oo

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै समयमा महिला हिंसाको ग्राफ उकालो लागिरहेको देखिन्छ नि?
अभियानले महिला हिंसा घटाउने या रोक्ने होइन । महिला हिंसा युगौँदेखि पुरुषप्रधान समाजमा विद्यमान सोच र मानसिकताका कारण बढिरहेको हो । त्यो सोच र मानसिकतामै परिवर्तन गर्न नसकुन्जेल यसको न्यूनीकरण सम्भव देखिन्न । 


उच्च पदस्थ, पढेलेखेका तथा सम्पन्न वर्ग र समुदायकै मानिसबाट हिंसाका घटना भइरहेको देखिनुलाई के भन्नुहुन्छ?
आफूलाई बलियो, बाठोटाठो, धनी, पढेलेखेको ठान्ने व्यक्तिले नै त गर्ने हो हिंसा । कमजोरले त अरूमाथि हिंसा गर्र्नै सक्दैन नि ! हाम्रो समाजमा पुरुषलाई तँ बलियो छस्, तैँ महिलाभन्दा श्रेष्ठ छस्, तैँले महिलामाथि जे गरे पनि सुहाउँछ भन्ने गलत पाठ सिकाइएको हुन्छ । जबसम्म महिला र पुरुष दुवै समान हुन्, दुवैले एक अर्कालाई सम्मान गर्नुपर्छ, एकले अर्कामाथि हिंसा गर्नु गम्भीर अपराध हो भन्ने सोचको विकास गर्न सकिन्न, तबसम्म महिला हिंसामा कमी आउँदैन ।

महिला हिंसा न्यूनीकरण गर्न के गर्नुपर्ला त ?
सबैभन्दा पहिले भएका कानुनको कार्यान्वयन प्रभावकारी हुनुपर्छ । महिला हिंसाविरुद्ध यस्ता यस्ता कानुन छन् र पीडकलाई यस्ता यस्ता सजाय हुन सक्छन् भनेर प्रचार प्रसार पनि गर्नुपर्छ । विभेदपूर्ण कानुन तत्काल खारेज हुनुपर्छ । महिलामाथि भइरहेका शारीरिक, आर्थिक, सांस्कृतिक, राजनीतिकलगायत हिंसाविरुद्ध सबै जागरुक हुनुपर्छ । 

ad
ad