Skip This
विद्युत् खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौँ : कुलमान घिसिङ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २२ बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौँ : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार १८:oo:oo

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन्।

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्। सरकार र प्राधिकरण आवश्यक पूर्वाधार विकासका लागि लगानी गर्न केन्द्रित रहेको उनले बताए।

घिसिङले विद्युत् खपतको लागि चार्जिङ स्टेसनहरू बिस्तार र इन्डक्सन कुकिङलाई प्राथमिकता दिँदै आएको बताए। उनले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको उनले स्पष्ट पारे।

‘विद्युत् प्रसारण वितरण र सब स्टेसनको विकास नभई धेरै विद्युत् खपतको अपेक्षा गर्न सक्दैनौँ। विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ। प्राधिकरण निरन्तर,गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौँ। गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार पूरा गर्ने चरणमा पुग्दै छौँ,’ उनले भने।