मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर २२ बिहीबार ०७:४२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सांसद पौडेल र प्राधिकरणका प्रमुखबीच भेटवार्ता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २२ बिहीबार ०७:४२:००

आफ्नो निर्वाचन क्षेत्र विद्युत्को नांगो ताररहित बनाउन सांसद पौडेलले थाले पहल

काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नांगो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बुधबार छलफल गरेका छन् ।

पौडेलले प्राधिकरणमै पुगेर घिसिङसँग काठमाडौं ५ सहित उपत्यकामा रहेका नांगो तारको समस्या समाधान गर्न आग्रह गरे । उनले विद्युत् पोललाई यथाशक्य चाँडो प्रतिस्थापन गरी तारलाई भूमिगत गर्न, पोल प्रतिस्थापन भएका ठाउँमा भएका खाल्डा पुर्न र सम्पूर्ण नांगा तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरे । जवाफमा कार्यकारी निर्देशक घिसिङले कतिपय स्थानमा तार भूमिगत गर्ने काम भइरहेको र कतिपय स्थानमा अवरोध सिर्जना भएको जानकारी गराए । 

मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकमा साँघुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अप्ठ्यारो भएको उनले बताए । तर, तीन वर्षभित्रमा यस्ता काम सम्पन्न हुने घिसिङको भनाइ छ । उनले समस्या समाधान गर्न काठमाडौंमा २० वटा सबस्टेसन निर्माण गर्ने र यसैअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेसन रहने जानकारी गराए ।