१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
एजेन्सी न्यूयोर्क
Invalid date format १२:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्प अर्गनाइजेसन करछलीको मुद्दामा दोषी ठहर

Read Time : < 1 मिनेट
एजेन्सी, न्यूयोर्क
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरजग्गासम्बन्धी पारिवारिक कम्पनी करछलीको अपराधमा दोषी ठहर भएको छ। मंगलबार न्युयोर्कको अदालतमा भएको बहसका क्रममा न्यायाधीशहरूले ट्रम्प अर्गनाइजेसनलाई दोषी ठहर गरेका बिबिसीले जनाएको छ।

सो कम्पनी  ट्रम्पको पर्यायका रूपमा परिचित भए पनि उनी वा उनका परिवारका कुनै पनि सदस्य सुनुवाइमा सहभागी नभएका समाचारमा जनाइएको छ। पूर्वराष्ट्रपति ट्रम्पले ‘विच हन्ट’ अर्थात् बदलाको नियतले सो आरोप लगाइएको दाबी गर्दै अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

उक्त कम्पनीले एक दशकभन्दा लामो समयसम्म कर्मचारीलाई अपारदर्शी ढंगले लाभ प्रदान गरेको बताइएको छ। ‘कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयको शुल्कहरू समावेश छन्,’ अभियोजनकर्ताले भनेका छन्। 

कम्पनीले तिर्नुपर्ने कर रकम कम गर्न कर्मचारीको तलब कम देखाएर यस्ता मुनाफा वितरण गरिएको हो। कम्पनीमाथि करिब १६ लाख अमेरिकी डलरबराबरको जरिवाना हुन सक्ने अपेक्षा गरिएको छ।