मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर २१ बुधबार १०:५२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल नामिबियासँग खेल्दै

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २१ बुधबार १०:५२:००

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियाविरुद्ध खेल्दै छ ।

नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मितिल शृंखलाअन्तर्गत आज दिउँसो पौने २ बजेबाट युनाइटेड क्लब क्रिकेट ग्राउन्डमा खेल सुरु हुनेछ । 

यस शृंखलामा नेपाल र नामिबियाबीचको दोस्रो खेल हो । पहिलो खेल वर्षाले प्रभावित भएको थियो । सो खेलमा दुवैले एक–एक अंक बाँडेका थिए । नेपाल आज जितको उद्देश्यसहित उत्रनेछ । 

शृंखलाको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो । नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्यान्डसँग खेल्नेछ ।

सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौँ स्थानमा छ । नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ भने ३१ खेल खेलेको स्कटल्यान्ड ४४ अंकसहित शीर्ष स्थानमा छ । 

नेपालले लिग टु का पछिल्ला पाँच खेलमध्ये दुई जित, दुई हार र एक वर्षाका कारण बराबरी गरेको छ ।