मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार ०८:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फास्ट ट्रयाकको छैटौँ प्याकेज ठेक्का प्रकरण : सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार ०८:२४:००

काठमाडौं–तराई मधेस द्रुतमार्गअन्तर्गत छैटौँ प्याकेजको ठेक्का विवादबारे मंगलबार भएको सुनुवाइमा सर्वोच्च अदालतले सक्कल फाइल पेस गर्न आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले सार्वजनिक खरिद पुनरावलोकन समिति तथा सेनाको द्रुतमार्ग आयोजनालाई सो आदेश दिएको हो ।

सेनाको सुरुवाती मूल्यांकनमा प्राविधिक प्रस्ताव अस्वीकृत भएको चीनको चाइना फस्र्ट हाइवे कम्पनीलाई ठेक्का प्रक्रियामा सामेल गराउने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयविरुद्ध अधिवक्ता सुजन रिजालले ८ मंसिरमा मुद्दा दायर गरेका थिए ।