Skip This
महाकालीमा एकतर्फी तटबन्ध : सरकारले भारतलाई पठायो कूटनीतिक नोट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महाकालीमा एकतर्फी तटबन्ध : सरकारले भारतलाई पठायो कूटनीतिक नोट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:१o:oo

दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । समस्याको स्थायी समाधानका लागि प्रयास गर्नुपर्ने धारणासहित परराष्ट्र मन्त्रालयले भारतीय पक्षलाई मंगलबार कूटनीतिक नोट पठाएको हो ।

सेवा लम्साल, प्रवक्ता परराष्ट्र मन्त्रालय

दार्चुलास्थित महाकाली नदीमा तटबन्धका सन्दर्भमा नेपाल सरकारका तर्फबाट भारत सरकारलाई कूटनीतिक नोट पठाइएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कूटनीतिक नोट पठाएको जानकारी दिइन् । ‘दार्चुलास्थित महाकाली नदीमा तटबन्धका सन्दर्भमा नेपाल सरकारका तर्फबाट भारत सरकारलाई कूटनीतिक नोट पठाइएको छ,’ उनले भनिन् । यसको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने लम्सालले बताइन् ।

गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनका आधारमा दीर्घकालीन प्रयासका लागि सोमबार साँझ परराष्ट्र मन्त्रालयलाई चिठी लेखेको थियो । त्यही चिठीका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको हो । सरकारले प्राविधिक रूपमा समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्नेमा जोड दिएको छ । 

नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि दार्चुलामा स्थानीय बासिन्दाले विरोध गरेका थिए । महाकाली नदीबीचमा ग्याविन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको थियो । स्थानीयले दुई देश जोड्ने झोलुंगे पुलमा तालाबन्दी गरेका थिए । भारतीय कम्पनी अरूण कन्सट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरेको विरोधमा स्थानीयले पुल बन्द गरेका थिए । उक्त स्थानमा एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण भइरहेको छ । 

नेपाली नागरिक भारत प्रवेशमा कडाइ
महाकाली नदीमा एकतर्फी बनाइएको तटबन्धका कारण वारिपारि ढुंगा हानाहानपछि अहिले भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ । केही समयदेखि नागरिकता देखाएर धारचुला प्रवेश गराएको भारतीय सीमा सुरक्षा बल एसएसबीले आन्दोलनमा सहभागी नेपाली नागरिकको कडा निगरानी गरेको हो । 

भारतले तटबन्ध बनाउन थालेपछि दार्चुला प्रशासनले गत वर्ष २ पुसमा भारतीय प्रशासन धारचुला तहसिल कार्यालयलाई निर्माण कार्य रोक्न पत्राचार गरेको थियो । तर, भारतीय पक्षले त्यसको बेवास्ता गर्दै निर्माण कार्य जारी राखेपछि जनता प्रतिकारमा उत्रिएका हुन् ।

आइतबार आक्रोशित नेपालीले नेपाल भारत जोड्ने झोलुंगे पुलमा अढाई घन्टा तालाबन्दी गरे भने सोमबार भारतीय व्यापारीले दुई घन्टा भारततर्फ तालाबन्दी गरे । भारतीय व्यापारीहरूले ढुंगा हान्ने स्थानीयलाई पक्राउ गरी कारवाही गर्नुपर्ने सर्त अघि सारेको छ । उसले तीन दिनभित्र कारवाही गरेको जानकारी पाउनुपर्ने, नभए फेरि अन्तर्राष्ट्रिय झोलुंगे पुलमा ताला लगाउने चेतावनी दिएको छ । भारतीय व्यापार मण्डलका अध्यक्ष भूपेन्द्र थापाले भारततर्फको आन्दोलन कस्तो हुने विषयमा छलफल गरिने उल्लेख गरेका छन् ।

भारतले पछिल्लो समय तटबन्ध बनाउने भन्दै बगर क्षेत्रबाटै महाकाली नदीको धार नेपालतर्फ फर्काएपछि विरोध चर्किएको हो । नेपाल र भारतबीच तटबन्धको विषयमा तीनपटक ढुंगा हानाहान भइसकेको छ । सरकारले भारतको सीमा विवादलाई नीतिगत रूपमा टुंग्याउन नसक्दा दार्चुलावासी त्रासमा बाँच्दै आएका छन् ।

भारतीय पक्षले एकलौटी रूपमा सीमा नदी महाकालीमा ठूलो पर्खाल लगाउँदा महाकाली नदी आफ्नो प्राकृतिक धार परिवर्तन गरी करिब १० मिटर नेपालतर्फ धकेलिएको छ । भदौमा आएको बाढीले नेपालतर्फको पक्की तटबन्ध बगाएको छ । भारततर्फ बगर बनेको छ । नदीको पूरै बहाव नेपालतिर छ । सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा तटबन्ध नहुँदा पूरै जोखिम बढेको छ । 
 

ad
ad