मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Tuesday, 18 February, 2025
२o७९ मङ्सिर २० मंगलबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १७:३६:oo

उदयपुरको कटारी नगरपालिका–२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी–२ का ३० वर्षीय दिलकुमार थापामगर रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए।

पोदारका अनुसार आफ्नै घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको बताइएको छ।