१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरलता अभावले उद्योगमा परेको समस्याबारे महासंघद्वारा मन्त्रीको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१६:oo

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ। मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै महासंघका प्रतिनिधिले मंगलबार मन्त्रालय पुगेर मन्त्री बडूसँग भेट गरेका हुन्।

यसअघि महासंघले अर्थमन्त्री जनार्दन शर्मा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको थियो। मुलुकको अर्थतन्त्र जोगाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उद्योग मन्त्रीसँग भेट गरिएको महासंघले बताएको छ।

उद्योगमन्त्रीसँगको भेटपछि न्युज एजेन्सीसँग भेटका विषयमा प्रतिक्रिया दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको विषयमा जानकारी दिन भेट गरेको बताए। उद्योगमन्त्रीसँग पछिल्लो समय बजारमा देखिएको तरलता समस्याले उद्योग व्यवसायमा परेको समस्या कसरी सहज बनाउने भन्ने विषयमा ध्यानाकर्षण गराएको उनले बताए।

महासंघले पछिल्लो समय शीर्ष नेताहरूसमक्ष अर्थतन्त्रमा बहुआयामिक असर परेको र बहुप्रतीक्षित चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गर्न माग गर्दै आएको छ।